
प्रथम रंगशाला कपको उपाधी मस्र्याङ्दी युथ क्लव आँबुखैरेनीलाई
प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी मस्र्याङ्दी युथ क्लबले उचालेको छ । मंगलवार भएको फाईनल खेलमा सत्रसय बी लाई ४–० गोल अन्तरले हराउँदै मस्र्याङ्दीले उपाधी उचालेको हो ।
मस्र्याङ्दीको जितका लागि श्रीकृष्ण रानाले ह्याट्रीक गरेका छन् । सेमिफाईनलमा एपोलो मुग्लिङ्गलाई २–० गोल अन्तरले हराउदै मस्र्याङ्दी युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो । टाई बे्रकरमा सत्रसय बी ले मार्किचोक युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । जित सगैं मस्र्याङ्दी युथ क्लबले नगद रु. ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पाएको छ भने उपबिजेता सत्रसय बी ले नगद रु. २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष आदम गुरुङ्गले जानकारी दिए ।
खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका मर्स्याङ्दी युथ क्लबका श्री कृष्ण रानाले उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् । गत फागनु ७ गते देखि जारी फुटबल प्रतियोगिताको समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, लेखाअधिकृत टेकनाथ पराजुली, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापा, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो ।




