
दुल्लभ माविमा रेडक्रस सर्कल गठन
गोरखाको भिमसेन थापा गाउँपालिका स्थित दुल्लभ मावि घ्याम्पेसालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । वन्दना वाग्लेको अध्यक्षतामा गठन भएको सर्कलको उपाध्यक्षमा दिपेश बस्ताकोटी, सचिव इन्छा पनेरु, कोषाध्यक्षमा सुष्मा रोका चयन भएका छन् ।
सदस्यहरुमा निशान सुर्खेती, रमेश रोका, तारा भट्ट, सुगम गुरुङ्ग, संस्कार बानिया, इन्दिरा पाण्डे, र समिप गुरुङ्ग रहेका छन् । विद्यालयका प्रध्यानाध्यापक शिवप्रसाद भट्टको प्रमुख आतिथ्यता र शिक्षक नायक होम प्रसाद लामिछानेको उपस्थितीमा सर्कल गठन भएको हो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक भट्टको आतिथ्यतामा बाल क्लव समेत गठन भएको छ । सुदर्शन पाण्डेको अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएको विद्यालयका शिक्षक ढकनाथ बस्ताकोटीले जानकारी दिए । क्लवको उपाध्यक्षमा सोनिका बानिया, सचिवमा अभिषेक भट्ट, कोषाध्यक्ष रस्विना भट्ट हरनुभएको छ ।
त्यस्तै सदस्यहरुमा एैस्वर्या बानिया, प्रशान्त पाण्डे, हिमाला लामिछाने, रामचन्द्र भटट, अनिष विक, कृपा श्रेष्ठ, विविसा गुरुङ्ग, सरिता लामिछाने, निस्मा बानिया, प्रियन्सु न्यौपाने, विविसा परियार रहेका छन् ।
बुधबार एक कार्यक्रमका विच विद्यालयमा किशोर किशोरी समूह समेत गठन भएको छ । हिरा पाण्डेको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको हो । जसको उपाध्यक्षमा सुसान बस्ताकोटी , सचिवमा सदिक्षा भट्ट, कोषाध्यक्षमा प्रमिला उपरकोटी रहेका छन् ।
सदस्यहरुमा ममिता गुरु, एन्जल न्यौपाने, अनिल गुभाजु, निर्जल देवकोटा, सानुभाई श्रेष्ठ, कृतिका बानिया, सरिप रोका चयन भएका छन् । उक्त समितिले विद्यालयमा स्वास्थ्य तथा सरसफाई सम्बन्धि जनचेतना फैलाउने काम गर्दै आएको शिक्षक बस्ताकोटीले बताए ।




