
सांसद दवाडीद्वारा खरिबोटमा वडास्तरीय खेलमैदान बनाउन आर्थिक सहयोग
गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अजीरकोट २ अपुनमा वडास्तरीय खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रमका बीच खरिबोट युवाक्लवका अध्यक्ष चुडामणि ढकाललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका सो क्लवका सदस्य हरिराज गुरुङले जानकारी दिए ।
सो क्लवले केप्रुङमा वडास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गाउँपालिकाको बजेटबाट निर्माण भएको सो खेलमैदानको छेउछाउमा पर्खाल लगाउन बजेट अभाव भएपछि सांसदसँग माग गरिएको उनले बताए ।
सांसद दवाडीले आफू सांसद भएबापत प्रदेश सरकारबाट पाउने तलब आफ्नै निर्वाचन क्षेत्रमा खर्च गर्दै आएका छन् ।




