| आइतवार, कार्तिक २२, २०८३

गोरखामा क्लवहरुबिचको रोमाञ्चक फुटबल प्रतिसप्रर्धा, शुक्रवार ७ खेल

अन्तराष्ट्रिय क्लव सँग आवद्ध गोरखाका क्लवहरु बिच शुक्रवारदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित द ओसन क्लवको फुटसल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ७ खेल भएको छ । पहिलो दिनका खेलहरु निकै रोमाञ्चक भएको आयोजक रोट्याक्ट क्लव अफ गोरखाका पूर्व अध्यक्ष बिपिन पोखरेलले बताए ।


शुक्रवार भएको पहिले खेलमा रोट्याक्ट गोरखा ए ले दरौँदी लायन्सलाई ८-१ गोल अन्तरले पराजित गर्‍यो । रोक्ट्याक्टको जितका लागि बिकल्प ढकाल र समिर कुवँरले हयाट्रिक गरे भने सुवास कुँवर र असिमजंग पाण्डेले एक/एक गोलको योगदान गरे । लायन्सका लागि सुनील श्रेष्ठले एक गोल फर्काएका थिए ।


दोस्रो खेल रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्र मनास्लु बिच भएको थियो । ४-० गोल अन्तरले ब्रज मनास्लु बिजयी बन्यो । रमेश थापाले हयाट्रीक र अमृत बोगटीले एक गोलको योगदान दिए ।


तेस्रो खेल लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा सिटी बिच भएको थियो । अजुन गुरुङको ह्याट्रीक र सबिन खत्रीको एक गोलको मद्धतले सिटी बिजयी बन्यो । लायन्स क्लव अफ गोरखाका लागि अयोध्या जोशीले एक गोल फर्काउन सफल भए ।


चौँथो खेल रोट्याक्ट क्लव बि र एलायन्स क्लव अफ गोरखाबिच भएको थियो । सुरेन्द्र श्रेष्ठ, सरोज श्रेष्ठ र शिव श्रेष्ठको एक/एक गोलको मद्धतले ३-२ गोल अन्तरले एलायन्स बिजयी बन्यो । रोट्याक्ट बि का लागि सोम श्रेष्ठ र सन्तोष बस्नेतले एक/एक गोलको योगदान गरे ।
शुक्रवारको पाँचौँ खेल लियो क्लव अफ गोरखा र दरौँदी लायन्स बिच भएको थियो । लियो क्लव अफ गोरखा ४-३ गोलअन्तले बिजयी बन्यो । लियोको जितका लागि सिलन श्रेष्ठ २, दिपक परियार १ र लियोन श्रेष्ठले १ गोल गरे भने दरौँदीका लागि श्यामकाजी बराम, काजिराम नेपाली, निर्जन पन्तले एक एक गोल गरे ।


छैटौँ खेल गोरखा जेसिज र रोटरी बज्र बिच भएको थियो । उक्त खेलमा गोरखा जेसिज ३-० गोल अन्तरले बिजयी बन्यो । जेसिजका लागि सुरेन्द्र कुँवर, प्रदिप कुँवर र सुरेश गुरुङले एक एक गोल गरे ।


सातौँ खेल लियो क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा सिटी बिच भएको छ । उक्त खेलमा लियो क्लव अफ गोरखा १-० गोल अन्तरले बिजयी बन्यो । लियोको जितका लागि सिलन श्रेष्ठले गोल गरेका थिए ।


शुक्रवारको खेलमा बिजेता टिम बिच शनिवार खेल हुने आयोजक रोट्याक्ट क्लव अफ गोरखाका पूर्व अध्यक्ष बिपिन पोखरेलले बताए । बिजेता टिमले खसी उपहार पाउने आयोजक रोट्याक्ट क्लव अफ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्