
माघ १५ देखि २५ सम्म धार्चेमा पर्यटन महोत्सव, रा्फ्टिङ रक क्लाइम्बिङ र जिपलाईन खेल्न पाईने
गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ को प्रख्यात तातोपानी मेला लाग्ने सन्दर्भ पारेर पर्यटन महोत्सव गर्न लागिएको धार्चे पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक मनिलाल गुरुङले बताए ।
मंगलवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको अवसरमा तातोपानीदेखि माछाखोला हुँदै खानीबेसीसम्म रा्फ्टिङ संचालन गरिने जनाएको छ । प्रतिदिन ८० जना भन्दाबढिलाई रा्फ्टिङ गराउन सकिने कार्यक्रम संयोजक गुरुङले बताए । यसका लागि प्रतिब्यक्ति एक हजार शुल्क तोकिएको छ ।
वडा नम्बर ७ को नौलीखोलामा २० र १० मिटर गरी दुई खण्डमा क्यानेनिङ संचालन हुनेछ । एक दिनमा ४५ जना सम्मले क्यानोनिङ गर्न सक्ने र यसका लागि पाँच रुपैयाँ लाग्नेछ । वडा नम्बर ६ को काशिगाउँबेसीमा रक क्लाइम्बिङ संचालन हुनेछ । यसका लागि एक सय ५० रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । खोर्लाबेसीमा करिब ५० मिटर दुरीको जिपलाईन खेल पनि संचालन गरिनेछ ।
‘साहसिक खेलका लागि पनि धार्चेमा सम्भावना छ भन्ने पहिचान गराउन बिभिन्न गतिविधि सहित महोत्सव गर्न लागिएको हो’ कार्यक्रम संयोजक गुरुङले भने । मेला संचालन गर्न १८ लाख खर्च लाग्नेछ ।
उक्त रकम टिकट बिक्री र बिभिन्न संघ संस्थाबाट सहयोग लिईने उनले बताए । महोत्सवमा दैनिक तीन देखि पाँच सय जना अवलोकनकर्ता आउने अनुमान आयोजकको छ । ‘मेलाले धार्चे गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्न सहयोग पु¥याउनेछ’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘यस अघि गाउँपालिकाले रक क्लाइम्बिङ, क्यानोनिङ, ¥याफ्टिङको सम्भाब्यता अध्ययन र तालिम दिईसकेकाले सजिलो हुनेछ ।’
धार्चे गाउँपालिकाको उक्त क्षेत्र मनास्लु पदमार्ग भित्र पर्ने भएकाले त्यहाँ जाने बिदेशी पर्यटकले पनि क्यानोनिङ, रक क्लाइम्बिङ, ¥याफ्टिङको मज्जा लिन पाउने हुँदा स्थानीयले ब्यवसायिक रुपमा संचालन सक्ने अध्यक्ष गुरुङले बताए । ‘यहाँका स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकाले पूर्वाधार र सिप सिकाउनमा जोड दिएको छ’ उनले भने ।
धार्चे गाउँपालिकामा पर्वतारोहण तालिम लिएका ८० जना, माउण्टेन गाईड ४ जना, सगरमाथा आरोही ८ जना, पर्वतारोहण सम्बन्धि प्रशिक्षक ४ जना छन् । पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति धेरै भएकाले उनीहरुको सहयोगबाट गाउँपालिका भित्र पनि गतिविधि तिब्र बनाउन सकिने गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले बताईन । महोत्सव पनि धार्चे गाउँपालिकाको पर्यटकिय गन्तब्यको थप प्रचार हुने अपेक्षा गाउँपालिकाको छ ।




