| आइतवार, कार्तिक २२, २०८३

गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार ७ खेल सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल स्थित फुटबल क्लवको आयोजनामा बिहिवारदेखि सुरु भएको प्रथम गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार सात खेल भएको छ।
पहिलो खेलमा २–१ गोल अन्तरले गोनपा ६ पोखराथोकलाई पछि पार्दै वडा नम्बर ३को टिम बिजयी बन्यो ।

दोस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७ लाई १०–१ गोल अन्तरले पराजित ग¥यो । वडा नम्बर ५ ‘क’ ले ओसन क्लव ‘क’ लाई ४ –१ गोल अन्तरले पराजित ग¥यो । ओसन क्लव ‘ख’ ले वडा नम्बर ५ ‘ख’ लाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।
सतिपिपल जुनियर क्लव ले वडा नम्बर ८को टिमलाई ५–३ गोल अन्तरले पराजित ग¥यो । गोनपा ६ हरमटारी ‘कलाई २–१ गोल अन्तरले वडा नम्बर १२ ले पराजित ग¥यो ।

वडा नम्बर ५ ‘क’ ले ५–२ गोल अन्तरले गोरखकाली युथ क्लवलाई पराजित ग¥यो । बिहिवार बिजयीहरु बिच सेमिफाईनल खेल शनिवार हुनेछ । खेल नकआउट प्रणालीमा खेलाईएको छ ।
खेलमा बिजेतालाई नगद ५० हजार, मेडल, ट्रफि उपबिजेतालाई नगद २५ हजार, मेडल ट्रफि प्रदान गरिने क्लवका अध्यक्ष पुस्कर गुरुङले बताए ।

उत्कृष्ट खेल खेल्नेहरुलाई पनि पुरस्कार दिईने क्लवले जनाएको छ । खेल गोनपा ९ दलभञ्ज्याङ्गस्थित द ओसन क्लवको फुटसल मैदानमा भएको छ । सतिपिपल क्लव, युनिटी क्लव, एन्फा गोरखा, द ओसन क्लव, गोरखा युथ क्लव लगायतका क्लवहरुको सहकार्यमा उक्त प्रतियोगिता संचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्