| आइतवार, कार्तिक २२, २०८३

प्रथम गोनपा वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु

गोरखा नगरपालिका भित्रका बिभिन्न क्लवहरुको सहभागितामा प्रथम वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ को सतिपिपल फुटबल क्लवको आयोजना सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।
सतिपिपल फुटबल क्लवका अध्यक्ष पुस्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति राजनराज पन्तले खेलको सुभारम्भ गरेका थिए । गोरखा नगरपालिका भित्र १४ वटा वडाबाट १८ टिम सहभागी भएको र खेल ३ गते सम्म चल्ने क्लवका अध्यक्ष गुरुङले बताए । बिहिवार भएको पहिलो खेलमा सतिपिपल क्लव वडा नम्बर ७ बिजयी बन्यो ।

वडा नम्बर ११ को टिमलाई ५–२ गोल अन्तरले हराउँदै सतिपिपल बिजयी बनेको हो । दोस्रो खेलमा गोनपा ९ लक्ष्मीबजारले गोनपा ७ नयाँ बजारलाई ४–० गोलअन्तरले पराजित ग¥यो । लिग प्रणालीमा खेलाईएको तेस्रो खेलमा गोनपा ६ हरमटारीले ३–१ गोलअन्तरले गोनपा ६ तिनधारेलाई पराजित ग¥यो । बाँकी खेल शुक्रवार र शनिवार हुनेछ ।
खेलमा बिजेतालाई नगद ५० हजार, मेडल, ट्रफि उपबिजेतालाई नगद २५ हजार, मेडल ट्रफि प्रदान गरिने क्लवका अध्यक्ष पुस्कर गुरुङले बताए ।

उत्कृष्ट खेल खेल्नेहरुलाई पनि पुरस्कार दिईने क्लवले जनाएको छ । खेल गोनपा ९ दलभञ्ज्याङ्गस्थित द ओसन क्लवको फुटसल मैदानमा भएको छ । सतिपिपल क्लव, युनिटी क्लव, एन्फा गोरखा, द ओसन क्लव, गोरखा युथ क्लव लगायतका क्लवहरुको सहकार्यमा उक्त प्रतियोगिता संचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्