| आइतवार, माघ ५, २०७६

फिनाममा टोलस्तरीय वडाकपको उपाधी आरुस्वाँरालाई

गोरखा नगरपालिका ४ फिनाममा भएको टोल स्तरीय वडाकपको उपाधी आरुस्वाँरा टोल बिकास संस्थाले जितेको छ । पिपलथोक टोल बिकास संस्थालाई पेनाल्टी सुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै आरुस्वाँराले उपाधी जितेको हो । बिजेतले नगद २० हजार, उप बिजेताले १५ हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितामा पन्थेश्वाँरा टोल बिकास संस्था तेस्रो र शिव पार्वती टोल बिकास संस्था चौँथो भएको छ । उनीहरुले क्रमैसँग १० र पाँच हजार नगद पुरस्कार पाएको वडा अध्यक्ष रामशरण अधिकारीले बताए । बिजेताहरुलाई ट्रफि मेडल र प्रमाण पत्र गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले प्रदान गरिन । आईतवारदेखि सुरु भएको प्रतियोगिताको मंगलवार समापन भएको हो । प्रतियोगितामा पिपलथोक टोल बिकास संस्थाका मनिस गुरुङ उत्कृट खेलाडी घोषित भए ।
खेलको माध्यामबाट नगरभित्रका खेलाडीहरुको प्रतिभा उजागर गर्न खेलकुद गतिवीधिलाई प्राथमिकता दिइरहेको वडा अध्यक्ष अधिकारीले बताए । यस्तै १६ वर्ष भित्रकाहरुको टोल स्तरीय पुरस्कार प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगरउपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीको वडा नम्बर ४ का अध्यक्ष कुलबहादुर खड्का, नेपाली कांग्रेसका वडा सभापति संकरबहादुर थापा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्