| बुधबार, कार्तिक २७, २०७६

धार्चे अध्यक्ष कपको उपाधि ग्रामीण आदर्श युवा क्लवलाई

दरौंदी ः काशिगाउँमा सम्पन्न प्रथम धार्चे अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि सब्चेतको ग्रामीण आदर्श युवा क्लवले हात पारेको छ । त्यस्तै लेकाली सिर्जनशील युवाक्लव केरौंजा दोस्रो हुन सफल भएको छ भने ग्रामीण आदर्श युवा क्लव सब्चेतको अर्को टिमले तेस्रो स्थान हात पारेको छ । गाउँपालिकाको प्रायोजनमा न्यू स्टार मञ्जुगुम्बा युवा क्लवले सो प्रतियोगिताको आयोजना गरेको थियो । बुधबार सम्पन्न प्रतियोगितामा प्रथम हुने सो क्लवलाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले नगद ७५ हजार रुपैयाँ, टूफी, मेडल र प्रमाणपत्र हात प्रदान गरेका थिए । त्यस्तै दोस्रो हुनेले नगद रु ५० हजार, मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिँह बस्नेत र धार्चे गाउँपालिका वडा नं. ६ का अध्यक्ष धनकुमार घलेले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्