| आइतवार, मंसिर २९, २०७६

बारपाक दौडमा बिर बहादुर पहिलो

बारपाकमा भएको खुल्ला दौड प्रतियोगिताको उपाधि बिर बहादुर गुरुङ्गले जितेका छन । स्नान देखि मनीडाँडा सम्मको ८ दशमलव ४ किलोमिटर दुरीको दौड प्रतियोगितामा बिर बहादुर गुरुङ्ग पहिलो हुनुभएको हो ।

उहाँलाई बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले २५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नुभयो ।

बारपाक सुलिकोट गाउँपालिकाको सहयोगमा स्थानीय बारपाक मित्रता क्लबले आयोजना गरेको दौड प्रतियोगितामा सुक बहादुर गुरुङ्ग दोस्रो र पुर बहादुुर गुरुङ्ग तेस्रो हुनुभएको छ । प्रतियोगितामा दोस्रो हुनेले नगद १५ हजार र तेस्रोले १० हजार पुरस्कार प्राप्त गरेका आयोजक क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्