| शनिबार, कार्तिक २, २०७६

द्रव्यशाह क्याम्पसको ३५ औ बार्षिक उत्सव

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रम सुरु गरेको छ ।

सो क्रममा ४ हजार मीटरको छात्र र २ हजार मिटरको छात्रा दौड प्रतियोगिता भएको छ । छात्र तर्फको दौडमा वि. वि.एस दोश्रो वर्षका यमराज गुरुङ पहिलो, मानविकी कक्षा १२ का बिमल श्रेष्ठ दोस्रो र मानविकी कक्षा १२ कै दिनेश कुवँर तेस्रो भएका छन् ।

यस्तै छात्रा दौड तर्फ मानविकी कक्षा १२ की युवा थापा मगर पहिलो, बी.एड चौथौ वर्षकी बसुन्धरा सिर्मल दोस्रो र व्यवस्थापन कक्षा १२ की विविशा पुडाशैनी तेस्रो भएका छन् ।

यस्तै छात्र र छात्राको टेवलटेनिस तथा भलिवल प्रतियोगिताको फाइनल खेल सोमबार हुने अतिरिक्त क्रियाकलाप संयोजक केशवराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्