
दारीग्याङको वक्तृत्वकलामा सेन्ट जोसेफका समर्पण आचार्य प्रथम
दारी ग्याङ गोरखाले पर्यटन बर्ष २०२० लाई लक्ष्यित गर्दै वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
पर्यटन बर्ष २०२० र गोरखाको सम्भावना विषयक माविस्तरीय प्रतियोगितामा सन्त जोसेफका समर्पण आचार्य पहिलो, लक्ष्मी सामुदायिक शिक्षा सदनकी आश्मा कुँवर दोस्रो, द वल्ड क्यापिटल माविकी श्रीशा थापा तेस्रो र राष्टिूय मावि घलाङकी अन्जना दानी र शक्ति मावि पाटेचौरकी अनुपम नेपाली सान्त्वना भएका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश नगद पाचँ हजार, तिन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित टूफी र प्रमाणपत्र पुरस्कार पाएका छन् । दारी ग्याङ गोरखाका संयोजक राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विजेतालाई पुरस्कार प्रदान गरे । प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १७ विद्यालयको सहभागिता थियो ।




