| शुक्रबार, अशोज ३, २०७६

गोरखामा म्याराथुन दौड

गोरखा राज्यको स्थापना भएको साइतमा नेपालको उत्पतिदेखि जगसम्म भन्ने नाराका साथ लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथुन दौड सुरु भएको छ । रणसिहदल गण, पालुङटार नगरपालिका सिरानचोक गाउपालिका र गोरखा नगर पालिकाले अायोजना गरेको दौडमा ११४ जना सहभागी छन् । दौडको पालुङटार नगरपालिकाका मेयर दिपक कडेल, सिरानचोक गाउपालिकाका अध्यक्ष राजु गुरुङ र पृतनापति सागर थापाले उद्घाटन गरे । बिहान ७:१० बजे सुरु भएको दौड चित्रेपोखरी हुदै गोरखा दरबार पुगेर सम्पन्न हदैछ ।

प्रतिक्रिया दिनुहोस्