| बुधबार, भदौ ४, २०७६

खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि गोरखा नगरपालिका र एन्फा बीच सम्झौता

गोरखा नगरपालिका १० छेबेटारमा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) र गोरखा नगरपालिकाको संयुक्त आर्थिक लगानीमा प्रशिक्षण केन्द्र निर्माण हुने भएको हो ।

प्रशिक्षण केन्द्र निर्माणका लागि नगरपालिका र एन्फा बीच बुधबार सम्झौता भएको छ । गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पा र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कुल एक करोड ३० लाख रुपैयाँको लागतमा बन्ने केन्द्रका लागि गोरखा नगरपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी रकम एन्फाले फिफासँगको सहकार्यमा ब्यबस्थापन गर्ने भएको हो ।

गोरखा नगरपालिकाले छेबेटारमा बनाएको इलाभेन ए साइडको खेल मैदानमा थप संरचना निर्माण गरी प्रशिक्षण केन्द्र बनाईने सो कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्