| आइतवार, मंसिर २९, २०७६

क्वीक्स कपको उपाधि वल्ड क्यापिटललाई

गोरखा जिल्ला फुटवल संघको आयोजनामा भएको क्विक्स कप अन्तरविद्यालय फूटवल प्रतियोगिताको उपाधी वल्ड क्यापिटल माध्यमिक विद्यालयले जितेको छ ।

हरमटारी रंगशालामा भएको फाइनलमा गोरखा नगरपालिका ४ फिनामको सरस्वती माध्यमिक विद्यालयलाई ३(१ गोल अन्तरले हराउँदै प्रदेशस्तरीय अन्तरविद्यालय फूटवल प्रतियोगिताको लागि छनौट भएको हो ।

सरस्वतीले पहिलो हाफमा १ – ० को अग्रता लिएपनि वल्ड क्यापिटलले दोस्रो हाफमा लगातार तीन गोल ग¥यो । विजेता वल्ड क्यापिटलले १५ हजार रुपैया र उपविजेता सरस्वती मावि फिनामले साढे सात हजार रुपैया पुरस्कार पाएका छन् ।

उनीहरुलाई गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले मेडल र प्रमाणपत्र प्रदान गरे । नगरपालिकाले जिल्लाको फुटवल विकासका लागि यो वर्ष जिल्ला फूटवल संघ मार्फत ६० लाख रुपैया खर्च गर्न लागेको उनको भनाई छ ।

उक्त रकम सहित अखिल नेपाल फूटवल संघ एन्फाले पनि त्यतिनै लगानी गरि हरमटारी खेल मैदानको स्तरोन्नती गरिने पुरस्कार वितरण कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठ, एन्फाका विश्व पौडल, रत्नकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम जिल्ला फूटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्