| मङ्लबार, भदौ ३, २०७६

जिल्ला स्तरीय अन्तर विद्यालय फुटवलको फाइनलमा ओल्ड क्यापिटल र सरस्वती मावि भिड्दै

गोरखा सदरमुकाममा जारी जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिताको फाइनल खेलमा ओल्ड क्यापिटल मावि रानीवन र सरस्वती मावि फिनामबिच प्रतिस्पर्धा हुने भएको छ ।

हरमटारीको खेल मैदानमा आइतबार भएको सेमिफाइनलबाट यि दुबै फाइनलमा भिड्ने पक्का भएको हो । मोर्डन इङलिस बोर्डिङ स्कुललाई ट्राईब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै सरस्वतीले फाइनल यात्रा तय गरेको हो ।

निर्धारीत समय एक एक गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरममा सरस्वती विजयी भएको हो । यस्तै, आइतबार नै भएको अर्को खेलमा महालक्ष्मी मावि लक्ष्मीबजारलाई ट्राइब्रेकरमै ४–२ गोल अन्तरले हराउँदै ओल्ड क्यापिटल विजयी बन्यो ।

फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक जिल्ला फुटवल संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले सात हजार पाचँ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

विजेताले प्रदेशस्तरीय फुटवल प्रतियोगितामा सहभागी हुन पाउने संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्