
गोरखाका सरोज गण्डकी प्रदेशको एन्फाको ग्रासरुट मेनेजेर नियुक्त
अनुपमा खनाल :
गोरखा जिल्ला फुटवल संघका प्रशिक्षक सरोज श्रेष्ठ अखिल नेपाल फुटवल संघ गण्डकी प्रदेशको ग्रासरुट मेनेजर नियुक्त भएका छन् ।
अखिल नेपाल फुटवल संघ (एन्फा) को कार्यसमितिको निर्णय अनुसार उनि प्रदेशको ग्रासरुट मेनेजर नियुक्त भएका हुन् ।
गोरखा नगरपालिका ६ पाटेचौर निवासी श्रेष्ठलाई एन्फाले एक बर्षको लागि ग्रासरुट मेनेजरमा नियुक्ती दिएको छ । प्रस्तुतीका आधारमा बर्षैपिच्छे म्याद थपिने श्रेष्ठले जानकारी दिए ।
‘मैले जिल्लामा ६ बर्षदेखि १२ बर्षसम्मका बालबालिकालाई फुटवल सिकाउँदै आएको थिए’ उनले भने ‘अब गण्डकी प्रदेशको ११ वटै जिल्लाका प्रशिक्षकले कसरी सिकाएका छन्, अनुगमन गर्ने । उनिहरुलाई सिकाउने र समस्या, प्रगति र चुनौतीका बारेमा रिर्पोट बनाएर एन्फामा बुझाउने जिम्मेवारी रहेको छ ।’
समग्रमा गण्डकी प्रदेशमा ग्रासरुटका बालबालिकालाई फुटवलमा आकर्षित गर्न र उनिहरुको क्षमता बढाउन केन्द्रित रहने उनले बताए । विभिन्न क्लबमा आबद्ध रहेर ब्यबसायिक रुपमा फुटवल खेल खेल्दै आएका श्रेष्ठले सन् २०१२ देखि एन्फाबाट कोचिङ लाइसेन्स लिएर ब्यबसायिक रुपमा फुटवल सिकाउदै आएका छन् ।




