
विद्यालय स्तरीय फुटवल प्रतियोगिता सुरु
दरौंदी ः जिल्ला फुटवल संघको आयोजनामा विद्यालय स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।
हरमटारीस्थित खेल मैदानमा मंगलबार दुई खेल भएका छन् । पहिलो खेलमा सरस्वती मावि आहालेलाई शक्ति मावि पाटेचौरले टाइब्रेकरमा ३– २गोल अन्तरले हराएको थियो ।अर्को खेलमा जनशक्ति मावी नाम्जुङले महेन्द्रज्योती मावि दरबारमार्गलाई ३ –२ गोल अन्तरले पराजित ग¥यो । बुधबार दुई खेल हुने भएका छन् । सरस्वती मावि फिनाम र रत्नलक्ष्मी मावि डुम्रीडाँडा तथा जनशक्ति मावि नाम्जुङ र गोरखा बोर्डिङ बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव विशाल गुरुङले जानकारी दिए । २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा दश वटा विद्यालय सहभागी छन् ।




