| आइतवार, कार्तिक २२, २०८३

केम्फो खुकुरी मार्शल आर्ट्स संघ गठन

दरौंदी : नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गोरखाको पहिलो भेलाले शिव केसी अध्यक्ष रहनेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलिप कोइराला, सचिबमा पुस्कल अर्याल र कोषाध्यक्षमा केशब राज रेग्मी रहेका छन् । यस्तै, सदस्यमा गौतम बल्छौडी, राजेन्द्रबाबु पन्त, रामकृष्ण ढकाल, सबिन केसि र सन्तोस दवाडी चयन भएका छन् । समितिमा जिल्ला खेलकुद विकास समितिका अमृता गुरुङ र भगवान केसी पनि सदस्यमा चयन भएका छन् । जिल्ला खेलकुद बिकास समिति गोरखाका कार्यबाहक अध्यक्ष शान्त सिंह बस्नेत र नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको उपस्थितिमा भेला सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस्