| आइतवार, कार्तिक २२, २०८३

असार ६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता

असार ६ गतेदेखी गोरखा जिल्ला लिग फूटवल प्रतियोगिता हुने भएको छ । जिल्ला फूटवल संघ गोरखाको आयोजनामा प्रति योगिता हुन लागेको हो । अखिल नेपाल फूटवल संघ एन्फाले यो वर्षबाट जिल्ला, प्रदेश र राष्टिूय लिग फूटवल प्रतियोगिता गर्ने गरि तालिका सार्वजनिक गरिसकेको छ । सोही अनुसार असार ६ गतेदेखि १४ गतेसम्म हरमटारीसस्थत खेलकुद मैदानमा जिल्ला लिग गर्ने निर्णय भएको जिल्ला फुटवल संघ गोरखाका महासचिव विशाल गुरुङले बताए ।

जिल्ला लिगमा जिल्ला फुटवल संघमा आवद्ध १० वटा फूटवल क्लवविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउट विधिबाट खेलाइने भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना साथै आर्थिक र प्राविधिक सहयोगमा हुने यो प्रतियोगितामा उत्कृष्ट हुने क्लवले प्रदेश लिग फुटवल प्रतियोगिता खेल्ने छ । प्रतियोगितामा विजेताले ५० हजार र उप विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रदेशमा उत्कृष्ट हुने क्लवहरुविच राष्टिूय लिग खेलाउने एन्फाको कार्यक्रम छ ।

जिल्ला लिगसँगै जिल्ला फुटवगल संघले विद्यालय स्तरीय फुटवल प्रतियोगिताको पनि तयारी गरेको छ ।
असार ३ गतेदेखी ७ गतेसम्म विद्यालय स्तरीय अण्डर सिक्सटिन खुल्ला फूटवल प्रतियोगिता गर्ने निर्णय भएको महासचिव गुरुङले जानकारी दिए ।

प्रतियोगिताको पुरस्कार राशी तय गर्न बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्