| आइतवार, कार्तिक २२, २०८३

भीमसेनथापा गाउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

भीमसेन थापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ पाटनदेवी माध्यामिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो ।
एक कार्यक्रमका बिच गाउँपालिका का अध्यक्ष इश्वर पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा गाउँपालिका की उपाध्यक्ष बिनु वाग्ले, वडा नं ७ का अध्यक्ष नारायण श्रेष्ठ, वडा नं २ का अध्यक्ष नारायण भट्टराई, विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका गाउँपालिका की सबिना लामिछानेले जानकारी दिइन् । जेठ २२ गतेसम्म हुने प्रति योगितामा गाउँपालिका भित्रका १२ वटा बिद्यालयका तीन सय खेलाडी सहभागी छन् । विभिन्न १४ वटा विधामा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्