| आइतवार, बैशाख १४, २०८२

सरस्वती फुटबल क्लब

सरस्वती फुटबल क्लबका कप्तानको धन्दा, मोबाइल चोरी गरी अनलाईन बजारमा बिक्री

६ वैशाख – काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट मोबाइल, ल्यापटपलगायतका समाग्री चोरी गरी सेकेन्ड ह्याण्ड बजारमा बिक्री गरेको आरोपमा प्रहरीले फुटबल खेलाडी दिपेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यकासहित विभिन्न स्थानबाट चोरी गरेका मोबाइल र ल्यापटप अनलाइन बजार र सेकेण्डह्याण्ड बजारमा बिक्री गर्ने मुख्य अभियुक्त श्रेष्ठलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो । सरस्वती फुटबल क्लब कोटेश्वरका कप्तानसमेत रहेका श्रेष्ठ फुटबलमा कहिलिएका खेलाडी हुन् ।

उनले साथी सुबास खड्कासँग मिलेर सेकेन्डह्याण्ड बजारमा ब्यापार गर्ने गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेपछि उनैले दिएको सूचनाका आधारमा श्रेष्ठको घरमा प्रहरी पुगेको थियो ।

काठमाण्डु महानगरपालिका ६ रेम्बोडाँडास्थित श्रेष्ठको घरमा लुकाइछिपाइ राखेको चोरीका समानहरू उनीहरूले हाम्रो बजार, सस्तो बजार जस्ता सेकेन्डह्याण्ड अनलाईन बजार र पसलमा बिक्री गर्ने गरेको रहस्य खुलेको हो ।

प्रहरीले श्रेष्ठको घरमा विभिन्न स्थानबाट चोरी गरि ल्याएको बिभिनन्न ब्राण्डका मोबाइल ३३ थान, आइप्याड २ थान, पावर बैंक ३ थान, ३२ इन्च सोनी कम्पनीको टिभी २ थान, विभिन्न प्रकारका डिजिटल क्यामेरा २ थान, नेपाली नगद ४३ हजार ५ सय, भारू २ हजार, विभिन्न कम्पनीका ल्यापटप ५ थान तथा गियरवाला साइकल १ थान बरामद गरेको छ ।

प्रहरीले खड्का र श्रेष्ठलाई मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्