
नगरस्तरीय राष्ट्रपति शील्डको उपाधि रामशाहलाई, जिल्लास्तरीय प्रतियोगिता स्थगित
गोरखा नगरपालिका स्तरीय राष्टूपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रामशाह मावि देउरालीले जितेको छ । बैशाख २ देखि ४ गतेसम्म हरमटारीस्थित खेल मैदान र मोर्डन सेकेण्डरी ईङलिस बोर्डिङ स्कुल परिसरमा भएको प्रतियोगिताको उपाधि गोरखा नगरपालिका १३ को रामशाहले जितेको हो । प्रतियोगितामा महेन्द्रज्योती मावि दरबारमार्ग दोस्रो र महेन्द्र मावि कुन्दुर १० किलो तेस्रो भएका मोर्डन सेकेण्डरी ईङलिसबोर्डिङ स्कुलका शिक्षक सुजन पाण्डेले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत १८ विधामा छात्र र छात्राबिच छुट्टाछुट्टै खेल भएको थियो । प्रतियोगितामा पहिलो भएको रामशाहले शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । यस्तै, दोस्रो र तेस्रो भएका विद्यालयले मेडलका साथमा प्रमाणपत्र पुरस्कार पाएका छन् । विजयीहरुलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पुरस्कृत गरे । प्रतियोगितामा पहिलो र दोस्रो भएका खेलाडी जिल्लास्तरीय राष्टूपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् । गोरखा नगरपालिकाको आयोजना तथा मोर्डन सेकेण्डरी ईङलिस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १३ विद्यालय सहभागी थिए ।





