| आइतवार, कार्तिक २२, २०८३

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखा नगरस्तरिय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।
गोरखा नगरपालिकाको आयोजना तथा मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुलको संयोजनमा प्रतियोगिता शुरु भएको हो । मोर्डन स्कुल परिसरमा एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन छात्रा भलिवल भएको छ ।
छात्रा भलिवलमा रामशाह मावि पहिलो, रत्नलक्ष्मी मावि डुम्रीडाँडा दोस्रो र तेस्रो महेन्द्रज्योती मावि दरबारमार्ग तेस्रो भएका स्कुलका प्रधानाध्यापक सीताराम तिवारीले जानकारी दिए ।


मोर्डन स्कुल र हरमटारीस्थित खेल मैदानमा बैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १२ संस्थागत तथा सामुदायिक विद्यालयका करीब पाचँ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका खेलमा छात्र छात्राबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
खेलमा १८ बर्ष उमेर ननाघेका कक्षा १२ सम्मका विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा पहिलो र दोस्रो भएका खेलाडी गोरखा सदरमुकाम मा बैशाख ८, ९ र १० गते हुने विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।
प्रतियोगितामा विजेताले ७२ स्वर्ण, ७२ रजत र ७२ कास्य पदक प्राप्त गर्नेछन् ।
गोरखा नगरपालिकाको शिक्षा शाखा प्रमुख भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पन्तले सहभागी विद्यालयलाई प्रोत्साहन स्वरुप सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा उप प्रमुख विना कुमारी श्रेष्ठ, नगरपालिकाका शिक्षा शाखाका उप सचिव केशरी रमण न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्