
गोरखा र पुतलीबजार सेमीफाइनल प्रवेश
पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका सेमी फाईनल प्रबेश गरेको छ । आइतबार भएको खेलमा गण्डकी गाउँपालिका गोरखालाई ६–० गोल अन्तरले पराजित गर्दै गोरखा सेमिफाईनल प्रबेश गरेको हो । गोरखालाई सेमिफाईनलमा पु¥याउन म्यान अफ द म्याच हुन सफल जर्सि नं ६ का जमिर मास्केले ह्याट्रिक गरे । जर्सी नं १२ का कृष्ण परीयारले २ र जर्सी नं ९ का अर्जुन गुरुङले एक गोल थपे । तर गण्डकीले एक गोल पनि फर्काउन नसकेको प्रतियोगिताका प्रचार प्रसार संयोजक सन्तोष पोखरेलले जानकारी दिए ।
आइतबार नै भएको दोस्रो खेलबाट पुतलिबजार नगरपालिका स्याङजा सेमिफाइनल प्रबेश गरेको छ । भानु नगरपालिका तनहुँलाई पराजित गर्दै पुतलिबजारले सेसमफाइनलको यात्रा तय गरेको हो । निर्धारीत तथा अतिरीक्त समयमा समेत दुबै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा टाईबेकरबाट निकालिएको हो । जसमा पुतलीबजारले भानुलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । खेलमा पुतलीबजारका गोलकिपर अभिषेक गुरुङ म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तरगत सोमबारबाट सेमिफाइनल चरणको खेल शुरु हुने भएको छ । पहिलो खेल दिउसो १२ बजे पुतलिबजार नगरपालिका स्याङजा र गैडाकोट नगरपालिका नवलपुरबिच हुनेछ । दिउँसो २ बजे हुने दोस्रो खेलमा गोरखा नगरपालिका र देवचुली नगरपालिका नवलपुरबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।




