
गण्डकी प्रदेशस्तरिय मेयर कपमा गोरखा नगरपालिका क्वाटर फाईनल प्रबेश
पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका क्वाटर फाईनल प्रबेश गरेको छ ।
शुक्रबार भएको खेलमा चापाकोट नगरपालिका स्याङजालाई २ – ० गोल अन्तरले पराजित गर्दै गोरखा अघिल्लो चरण प्रबेश गरेको प्रतियोगिताका सदस्य सचिव किरण गिरीले बताए ।
खेलमा चापकोटका अनिल जिटी म्यान अफ द म्याच भएका छन् ।
शुक्रबार नै भएको पहिलो खेलबाट भानु नगरपालिका क्वाटरफाइनल प्रबेश गरेको छ ।
पोखरा महानगरपालिका कास्कीलाई भानु नगरपालिकाले २(० गोल अन्तरले पराजित गर्दैै क्वाटरफाइनल पुगेको हो । खेलमा भानु नगरपालिकाका गोलकिपर सरोज तामाङ म्यान अफ द म्याच भएका छन् । प्रतियोगितामा शनिवारबाट क्वाटरफाईनल चरणका खेल हुने आयोजकले जनाएको छ ।
शनिवारको खेलमा पालुङटार नगरपालिका बि र गैडाकोट नगरपालिका नवलपुर तथा पालुङटार नगरपालिका ए र देवचुली नगरपालिका नवलपुरबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा टूफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।




