| आइतवार, कार्तिक २२, २०८३

पालुङटार मेयर कपमा आज गोरखा नगरपालिका चापाकोटसँग भिड्ने

पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गैडाकोट नगरपालिका नवलपुर क्वाटर फाईनल प्रबेश गरेको छ । बिहिबार भएको खेलमा ब्यास नगरपालिका तनहुँलाई ४ –२ गोल अन्तरले पराजित गर्दै गैडाकोट अघिल्लो चरण प्रबेश गरेको हो । निर्धारीत समयमा दुबै टिमबाट १ ÷१ गोल भएपछि खेलको नतिजा पेनाल्टी बाट निकालिएको प्रतियोगिताका सदस्य सचिव किरण गिरीले बताए । बिहिबारको खेलमा गैडाकोटका गोलकिपर मनिराज गुरुङ म्यान अफ द म्याच भएका छन् ।
शुक्रबारको पहिलो खेल दिउँसो १२ बजे पोखरा महानागरपालिका कास्की र भानु नगरपालिका तनहँुबिच हुने भएको छ । २ बजे हुने दोस्रो खेलमा गोरखा नगरपालिका र चापाकोट नगरपालिका स्याङजाबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा शनिवारबाट क्वाटरफाईनल चरणका खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा टूफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्