
पालुङ्टार मेयरकप फुटबल प्रतियोगितामा पालुङ्टार ए र बेशिसहर क्वाटर फाइनलमा
गोरखाको पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा पालुङटार ए र बेशिशहर नगरपालिका क्वाटर फाईनल प्रबेश गरेका छन् । सोमबार भएका दुई खेलबाट पालुङटार नगरपालिका ए गोरखा र बेशिशहर नगरपालिका लमजुङ क्वार्टरफाईनलमा पुगेका हुन् । पालुङटारले राईनास नगरपालिका लमजुङलाई ६–१ गोल अन्तरले हराउदै क्वाटरफाईनलको यात्रा तय गरेको हो ।
खेलमा पालुङटारका जर्सी नं १२ का खेलाडी सन्दिप श्रेष्ठ म्यान अफ द म्याच भएका प्रतियोगिता का सदस्य सचिव किरण गिरीले जानकारी दिए । यस्तै, दोस्रो खेलमा बेशीशहरले पुतलीबजार नगरपालिका स्याङजालाई ५–० गोल अन्तरले हराएको हो । सो खेलमा बेशिशहरका आश्वीन गुरुङ म्यान अफ द म्याच भएका छन् ।
पालुङटार नगरपालिका ५ हवाई ग्राउण्डमा जारी प्रतियोगिता मा मंगलबार दुई खेल हुने भएको छ । पहिलो खेल दिउसो १२ बजे शुक्ला गण्डकी नगरपालीका तनहु र देवचुली नगरपालिका नवलपरासीबिच हुनेछ । दोस्रो खेल २ बजे गल्याङ नगरपालिका स्याङजा र गण्डकी गाउँपालिकाबिच हुने गिरीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ ।
उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपंक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयो जनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानीय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।




