| आइतवार, कार्तिक २२, २०८३

छैटौं गोर्खाली रनिङ कपको उपाधि हरमटारीको पोल्टामा

छैटौं गोर्खाली रनिङ कप फूटवलको उपाधी आयोजक हरमटारी क्लवले जितेको छ । मंगलबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा नखिपोट क्लव ललितपुरलाई १–० गोल अन्तरले हराउँदै हरमटारीले २ लाख रुपैया पुरस्कार सुरक्षित राख्न सफल भएको हो ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएन पनि दोस्रो हाफको पाँचौं मिनेटमा जर्सी नम्वर ६ का विजय ठकुरीले गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।
निर्धारित समयमा दुबै टिमबाट थप गोल हुन नसकेपछि ठकुरीको एकमात्रै गोल निर्णयक बन्यो । खेलको उपविजेता नखिपोटले भने १ लाख रुपैया पुरस्कार पाएको छ ।
नखिपोट गत वर्ष पनि उपविजेता बनेको थियो । सेमीफाइनलमा पुगेका बुद्ध युथ क्लव र त्रिवेणी क्लव मुग्लिनले भने ५०÷५० हजार रुपैया पुरस्कार पाएका छन् ।
हरमटारी क्लबका राज शाही प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
यस्तै, नखिपोटका प्रदिप भण्डारी उत्कृष्ट गोल रक्षक र विकास लामा उत्कृष्ट फरवार्ड भएका छन् । हरमटारीका जय गुरुङ उत्कृष्ट मध्यपक्ति र विजयसिंह ठकुरी उत्कृष्ट रक्षक भएका छन् ।
उनिहरुले जनही सातहजार पाचँ सय रुपैया पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेताहरुलाई जिल्ला समन्वय समितिका अध्यक्ष अशोक गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र सीरानचोक गाउाँपलिकाका अध्यक्ष राजु गुरुङले पुरस्कार प्रदान गरे ।
‘गोर्खाली कप गोर्खालीको सान समग्र गोर्खा जिल्लाको खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।
फागुन ७ गतेबाट हरमटारीको खेलकुद मैदानमा शुरु भएको प्रतियोगिता मंगलबार समापन गरिएको छ । क्लबका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्