| आइतवार, कार्तिक २२, २०८३

रणसिं, राप्ती रिभर र मैदानकाली अघिल्लो चरणमा

गोरखा सदरमुकाममा जारी छैटौं गोर्खाली रनिङ कप फूटवल अन्तर्गत बुधबार ३ खेल भएका छन् । बुधबारका खेलबाट रणसिं दल गण, राप्ती रिभर फूटवल क्लव र मैदानकाली क्लव अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुधबार भएको पहिला खेलमा दौतरी क्लव चित्रेलाई २–० गोल अन्तरले हराउँदै नेपाली सेनाको रणसिं दल गणले विजयी सुरुवात गरेको हो । रणस्ािंका लागि जर्सी नम्बर ११ का राजु राई र जर्सी नम्वर ७ का पूर्णराज कुँवरले एक एक गोल गरेका थिए । दोस्रो खेलमा द हिमालयन वगैंचा क्लव आरुघाटलाई ३–२ गोल अन्तरले हराउँदै हेटौंडाको क्लव राप्ती रिभर फूटवल क्लव विजयी भएको छ । राप्तीका लागि जर्सी ११ का विजय लामा, ५ नम्वर जर्सीका दिनेश लामा, ७ नम्वरका सुशान्त लामाले एक एक गोल गरेका थिए ।
हिमालयन आरुघाटका लागि दुबै गोल जर्सी नम्वर ९ का वीरवल घलेले गरेका थिए । आजको अन्तिम खेल निकै प्रतिसपर्धात्मक रह्यो । अल स्टार आबुखैरेनी र मैदानकाली क्लव सतिपिपलबिचको खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । जसमा अलस्टारलाई १०–९ गोल अन्तरले पछि पार्दै मैदानकालीले अघिल्लो चरणको यात्रा पक्का प¥यो ।
प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुने छन् । पहिलो खेल दिउँसो १ वजे एभरेष्ट क्लव चितवन र चेपे आदर्श युवा क्लव पालुङटारविच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ३ वजे बिवाईसि भोटेओडार र हिमाली युवा क्लव गाँखुविच हुने आयोजक हरमटारी क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्