| आइतवार, कार्तिक २२, २०८३

बालुवामा श्रीपञ्चमी मेला तथा भलिबल प्रतियोगिता हुने

अजीरकोट स्पोर्ट्स डेभलपमेण्ट फाउण्डेशनले यही माघ २७ गते श्रीपञ्चमीको अवसर पारेर बालुवा बजारमा श्रीपञ्चमीमेला तथा भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
स्थानीय मनास्लु आमा समूह र बालुवा युवाक्लवको आयोजनामा बिहान ११ बजे सिम्जुङको बालुवाबजारमा राष्ट्रिय स्तरका कलाकारहरु उपस्थित गराई श्रीपञ्चमी मेला तथा गाउँपालिका स्तरको क्लव र माध्यमिक विद्यालयका विद्यार्थी स्तरको भलिबल प्रतियोगिता गर्न लागेको स्थानीय प्रेम तामाङले जानकारी दिए ।
मेलामा स्थानीय गुरुङ, घले, तामाङ समुदायको सांस्कृतिक झाँकी प्रदर्शनी, राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रदर्शनी रहनेउनले बताए ।
साथै सोही दिन बिहान ११ बजेदेखि नै भलिबल प्रतियोगिता गर्ने आयोजकको तयारी छ । आयोजकले इच्छुकहरुलाई माघ २६ गते ५ बजेसम्म टिमदर्ता गर्ने जनाएको छ । टिम दर्ता शुल्क पाँचहजार रुपियाँ लिने खेलकुद कार्यक्रमका संयोजक प्रदीप घलेले जानकारी दिए ।
आयोजकले प्रथम हुने टिमलाई नगद रु. ६० हजार, द्वितीय हुनेलाई रु. ४० हजार, र सेमि फाइनलमा पुग्ने दुई टिमलाई रु. १०÷१० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ ।
भलिबल खेलाउन सदरमुकामबाट रेफ्री लैजाने तयारी आयोजकको छ । गोरखा सदरमुकामका राजुबाबु श्रेष्ठलाई आमन्त्रण गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्