
पालुङ्टारमा प्याब्सन कप फुटबल प्रतियोगिता
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) गोरखाले आयोजना गरेको प्याब्सन कप फुटबल प्रतियोगिता पालुङ्टारको ठाँटीपोखरीमा सुरु भएको छ । बिहिबार प्रतियोगिताको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन् । प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मेयर कँडेल, प्याब्सन गोरखाका अध्यक्ष तिवारी तथा उपाध्यक्ष जनक केशी र सचिव कमल थापाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
बिहिबार भएको उद्घाटन खेलमा वल्डक्यापिटल बोर्डिङ स्कूल रानी बनलाई गोरखा मोडर्न बोर्डिङ स्कूलले ट्राइब्रेकरमा ४–३ गोल अन्तरले जितेको छ । त्यस्तै लक्ष्मीबजारको लक्ष्मी कम्युनिटी बोर्डिङ स्कूलले चोरकाटेको ब्राइट फ्यूचर बोर्डिङ स्कूललाई ४–० गोल अन्तरले जितेको छ ।
त्यस्तै तेस्रो खेलमा ठाँटीपोखरीको युनाइटेड बोर्डिङ स्कूललाई हवाइ मैदानको गोरखा मोडर्न इङ्लिस स्कूलले टूाइब्रेकरमा ३–२ गोलअन्तरले जितेको शिक्षक राजन बस्नेतले जानकारी दिए ।




