
पालुङ्टारको आखा शिविरमा १७ जनाको उपचार
दरौंदी : पालुङटार नगरपालिकाको आयुर्वेद भबनमा आइतबार भएको आँखा परिक्षण शिविरमा दुई सय १७ जनाको आँखा परिक्षण गरिएको छ । तीमध्ये ५० जनामा मोतियाविन्दुको समस्या रहेको पाईएको पालुङ्टार नगर स्वास्थ्य इकाइका दिपेन्द्र गिरिले जानकारी दिए ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिका वडा नं. ३ ले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन । आयोजकका अनुसार सोमबार खोप्लाङ स्वास्थ्य चौकीमा र माघ २ गते हर्मी स्वास्थ्य चौकीमा पनि शिविर आयोजना गरिनेछ । शिविरबाट छनौट भएका मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्नेको माघ ३ र ४ गते आपपिपल अस्पताल मा तिलगंगा आँखा प्रतियठान काठमाडौका डाक्टरहरुद्वारा निशुल्क शल्यक्रिया गरिने गीरीले जानकारी दिए । यसअघि शनिवार राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकीमा पनि आँखा परिक्षण शिविर गरिएको थियो ।




