| आइतवार, कार्तिक २२, २०८३

सप्ताहव्यापी आ“खा शिविर सम्पन्न

लायन्स क्लब अफ गोरखा दरौंदीको आयोजनामा एक सातासम्म भएको आँखा जाच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । एक साता चलेको शिविरमा एक हजार तिनसय जनाको आँखाको जाच तथा औषधि वितरण गरिएको छ । जसमध्ये एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको क्लबका अध्यक्ष विकास थापाले जानकारी दिए । क्लबले गत १४ गतेबाट १६ गतेसम्म सिरानचोक गाउँपालिकाको चोरकाटे, पालुङटार नगरपालिकाको सेरा र तनहुँको आबुखैरेनी बजारमा आखाँ परिक्षण तथा निशुल्क औषधि वितरण कार्यक्रम गरेको थियो । सो क्रममा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्नेहरुको छनौट गरि १७, १८ र १९ गते छेबेटारमा मोतिविन्दुको शल्यक्रिया शिविर गरिएको हो । भरतपुर आखाँ अस्पतालका डाक्टर महारीया गौतम नेतृत्वको १२ जनाको स्वास्थ्यकर्मीको सहभागिता रहेको शिविरको शुक्रबार औपचारीक कार्यक्रमका साथ समापन गरिएको छ ।
क्लबका अध्यक्ष विकास थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब डिस्टूीक ३२५ बि १ का डिस्टूीक गभर्नर अशोक कुमार श्रेष्ठ, क्लबका डाइरेक्ट रामचन्द्र पाण्डे, वडाअध्यक्ष देवीबहादुर बस्नेत, चिसोखोला सामुदायिक वन तथा उपभोक्ता समुह छेपेटारका अध्यक्ष गोकर्णबहादुर थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सप्ताहब्यापी शिविर सञ्चालनका लागि छेबेटार नगर स्वास्थ्य केन्द्र र चिसोखोला सामुदायिक वन तथा उपभोक्ता समुहले सहयोग गरेका क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्