| शनिबार, कार्तिक २१, २०८३

लाप्राकका तेजबहादुर बूढीगण्डकी आसपासबाट बेपत्ता

धार्चे ४ लाप्राकका तेजबहादुर गुरुङ बूढीगण्डकी आसपासबाट बेपत्ता भएका छन् । ३८ बर्षका गुरुङ बूढीगण्डकीमा अकस्मात बाढी आएको आइतबारको विहानदेखि नै सम्पर्कविहिन भएका वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए ।

उनी बाढी आउनु अघिल्लो रात(शनिबार राती) चुमनुब्री ३ एक्लेभट्टी भन्दा केही परको निगालोको फेदमा सुतिरहेका उनलाई देख्नेहरुले बताएका छन् ।

आइतबार बिहान बूढीगण्डकीको बाढीले उनी सुतेको ठाउँसमेत बढारेर लगेको गुरुङले बताए ।
बेपत्ता रहेका गुरुङ चुमनुब्री ५ ड्याङस्थित विण्डी भ्याली होटलमा बिगत आठबर्षदेखि कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्