
बूढीगण्डकीको बाढी पीडितलाई गोर्खाली ख्रिष्टिय समुदायको सहयोग
बूढीगण्डकी बाढीपीडितलाई जस्तापाता वितरण भएको छ । गोर्खाली ख्रिष्टिय समुदायले बाढी प्रभावित आरुघाट गाउँपालिका–५ शान्तिबजारका २६ घरधुरीलाई जस्तापाता सहयोग गरेको हो । बाढीबाट घरवारविहीन भएकाहरुलाई ओत लाग्ने ठाँउ निर्माणका लागि जस्तापाता सहयोग गरिएको समुदायका अध्यक्ष देवबहादुर थापाले बताए ।
‘केही संघसंस्थाहरुले खाद्यन्न सहयोग गर्नुभएको रहेछ,’ उनले भने, ‘चाडपर्वको बेलामा सर्वस्व गुमाएकाहरुलाई ओत लाग्नका लागि काम गर्छ भनेर जस्तापाता दिएका हौ ।’ नजिँकिदै गरेको जाडो मौसमलाई लक्षित गरेर प्रभावितलाई आवसको लागि आवश्यक सहयोग गरेको उनले जानकारी दिए ।




