| बुधबार, भदौ ३०, २०८३

तीज मनाउन मामाको घरमा आएका बालक दरौंदीमा बेपत्ता

तीज मनाउन गोरखास्थित मामाको घरमा आएका एक बालक दरौँदीमा डुबेर बेपत्ता भएका छन् । सहिद लखन गाउँपालिका ३ कल्लेरीस्थित मामाको घरमा आएका तनहूँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका १२ बर्षीय जस्टिङ मगर मंगलबार दिउसो तीनबजेतिर दरौंदी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

दुईदिनसम्म खोजी गर्दा पनि फेलापार्न नसकेको प्रहरीको भनाइ छ । दरौंदीको किनामा उनको लुगा कपडा, चप्पल भेटिएको तर बालक नभेटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुदीप रेग्मीले जानकारी दिए ।

‘हामीले मंगलबार पौने पाँचबजेतिर मात्र सूचना पायौँ’, उनले भने, ‘त्यसबेलादेखि नेपाल प्रहरी, हामी र स्थानीयबासी मिलेर खोजी कार्य गरिरहेका छौँ । तर फेला पार्न सकेका छैनौँ ।’ मुग्लिनसम्म खोजिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्