| बिहिबार, भदौ १७, २०८३

आज पालुङटारमा शोक बिदा

पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा घोषणा गरेको छ । यही भदौ १० गते भोटेकोशी बाढीमा परेर गोसाईकुण्ड तिर्थ यात्रामा गएका पालुङटारका ३० जना सम्पर्कबिहीन बनेका थिए ।

उनीहरुमध्ये केहीको शव सनाखत भई दाह संस्कार समेत भैसकेको र केहीको अवस्था भने अज्ञात रहेको नगरपालिकाको भनाई छ । सोही घटनाप्रति दुख व्यक्त गर्दै बिहीबार पालुङटारमा शोक बिदा घोषणा गरिएको उल्लेख छ ।

‘बिहीबार नगरपालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र बित्तिय संस्थाहरु सबैमा उक्त दिन शोक बिदा दिने निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्