| मङ्लबार, भदौ १५, २०८३

भोटेकोशी बाढी पीडितलाई गोरखा जेसिजद्वारा राहत संकलन

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि गोरखा जेसीजले राहत संकलन अभियान सञ्चालन गने भएको छ । बाढीको विपदमा परेका रसुवा र नुवाकोटका नागररकलाई सहयोग गने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गर्न लागिएको गोरखा जेसीजले जनाएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले खाद्यान्न, कपडा, सेनेटरी सामग्री तथा दैनिक उपभोग्य अन्य आवश्यक सामग्री संकलन गरिने जेसी वुद्धि जोगीले जानकारी दिए । गोरखा जेसीजको आव्हानमा सञ्चालन हुने राहत संकलन कार्यक्रम २०८३ साल भदौ १७ देखि सुरु गरिनेछ । अभियानमा सहभागी भई आफ्नो क्षमता र इच्छाअनुसार सहयोग उपलब्ध गराउन गोरखा जेसीजले गोरखावासी, विभिन्न संघसंस्था, व्यवसायी तथा सहयोगी मन भएका सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्