
आगालागीबाट एक घर जलेर नष्ट
गोरखामा एक घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । गोरखा नगरपालिका ३ नारेश्वरस्थित सीता अर्यालको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको हो ।
गाउँको परम्परागत ढुंगा माटोले बनेको मौलिक घर शनिबार राति १२ बजे आगलागीबाट नष्ट भएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट घर र त्यहाँभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, अचल सम्पत्ति सबै नष्ट भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।




