| बुधबार, भदौ ९, २०८३

जन्मदिनको अवसर पारेर बालबालिकालाई न्यानो कपडा वितरण

मनासलु पदमार्गअन्तरगत चुमनुब्री गाउँपालिका ४ प्रोक घरभई हाल फ्रान्स बस्दै आएका झ्यामयाङ ग्याल्जेन लामाले छोराको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । लामाले चुमनुब्री–५ बिहीगाउँ स्थित सेराङ माविमा अध्ययनरत्त १४९ जना बालबालिकाहरुलाई कपडा वितरण गरेका हुन् ।

झ्यामयाङले आफ्नो छोरा फेन्दे नोर्बुको पहिलो जन्मोत्सवको अवसर पारेर सेराङ्गी माविका बालबालिकाहरुलाई कम्बल र न्यायो कपडाहरु वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्गेन लामाले बताए । यसले बालबालिकाहरुलाई चियो याममा धेरै राहत हुने उनले जानकारी दिए ।

मंगलबार फेन्दे नोर्बुको पहिलो जन्मदिनको अवसरमा एक कार्यक्रमका बीच सेराङ माविका बालबालिकाहरुलाई कपडा वितरण गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्