| बुधबार, भदौ २, २०८३

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष ४८ हजार बिरामीले लिए सेवा

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष नै ४८ हजार भन्दा धेरैले सेवा लिएका छन् । अस्पतालले सोमबार आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सो तथ्यांक प्रस्तुत गरेका हुन् । २०८२ भदौ १ देखि सञ्चालन भएको अस्पतालले गत साउन ३१ गतेसम्मको तथ्याङ्कअनुसार अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामार्फत कुल ४८ हजार ५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ।

जसमध्य प्रयोगशाला सेवा २५ हजार ५२३ पटक प्रदान गरिएको छ । त्यस्तै मेजर प्रसिड्युअर एकसय जना, माइनर प्रसिड्यर१ हजार ५०, जनालाई नाक कान घाँटी दुईसय २२ जना, नाक कान घाँटकै मेजर १ तथा छाला तथा यौन रोग सेवा १०३ गरी विभिन्न प्रक्रियात्मक सेवा १ हजार ४७६ पटक प्रदान भएका अस्पतालले जनाएको छ।

त्यसैगरी नाक, कान घाँटीको विशेषज्ञ तथा विभागीय सेवा हजार ४८० जनालाई, छाला तथा यौन रोगतर्फ १ हजार ३६४, स्त्री तथा प्रशुती सेवातर्फ दुई हजार ५९६, जनालाई, सर्जरीमा २ हजार ९५६, मेडिसिनमा ६ हजार ०४४, पेडियाट्रिक्समा २ हजार ३७७ तथा हाडजोर्नी सेवा तर्फ ४ हजार२३९ दर्ता भएका छन् । मेडिकल डाइरेक्टर श्रेष्ठले पहिलो बर्ष नै यति सेवा दिनसक्नुमा सन्तोषजनक भएको बताउँदै आउँदा बर्षहरुमा अझ धेरै सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।

पहिलो वर्षमै गोरखाली नागरिकलाई स्थानीय स्तरमै गुणस्तरीय, विशेषज्ञ तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो’, उनले भने ‘आगामी दिनमा सेवाको गुणस्तर, विशेषज्ञ सेवा, अत्याधुनिक प्रविधि र बिरामीमैत्री वातावरणलाई अझ विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।’ अस्पतालका चितवन तथा गोरखाका सेयर सदस्यहरु कार्यक्रममा उपस्थिति थिए । सो कार्यक्रममा अस्पतालका एडमिन डाइरेक्टर शरदबाबु कट्टेल, अस्पताल सञ्चालक समितिका इश्वरकाजी मास्के, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्