| शुक्रबार, साउन २१, २०८३

पहिरोले खोप्लाङ कोलकाटेका थापाको घरमा क्षति

अविरल बर्षापछि आएको पहिरोले पालुङटार नगरपालिका १ कोलकोटेका बाबुराम थापाको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहिबार राती लेदोसहित आएको पहिरोले भुकम्पपछि निर्माण भएको एकतले घर माथिबाट घरभित्र लेदोसहितको पहिरो पसी पूर्ण रुपमा क्षति भएको हो ।

घर भत्किए पनि घर परिबारका सदस्य र पशु चौपाया सुरक्षित नै रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्