| शुक्रबार, साउन २१, २०८३

विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरटारमा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजना, कल्स ओभर रिजेज नेपालको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सहकार्यमा विद्यार्थीका लागि सडक सुरक्षा र सवारी दुर्घटना न्यूनी करण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

‘सडक सुरक्षा, हाम्रो रक्षा’ भन्ने मूल नाराका साथ कार्यक्रम भएको कल्स ओभर रिजेज नेपालका राजेश श्रेष्ठले बताए । कार्यक्रममा विद्यार्थीहरूलाई सडक नियमको पालना, सवारी दुर्घटनाका कारण र यसबाट बच्ने उपायहरूका बारेमा सचेत गराएको उनले जानकारी दिए ।

विद्यालय उमेर समूहदेखि नै ट्राफिक नियमको ज्ञान दिँदा समुदायमा सडक दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुग्ने विश्वासका साथ यो कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाई छ । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्