| शनिबार, साउन १५, २०८३

पहिरो पन्छाउँदै, सडक संचालन गर्दै

बिहीबार बिहानै उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं ३ को यारुमा सडक बाटो माथिबाट ठुलो ढुङ्गा खस्यो । सेनाले निर्माण गरिरहेको उक्त सडकमा ढुङ्गा खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । बेनिघाट आरुघाट लार्के सडक अन्तरगतको उक्त सडकखण्ड अवरुद्ध बनेसँगै सवारी आवत जावत प्रभावित बनेको थियो । बिहीबार बेलुकासम्म सडक अवरुद्ध हुँदा उत्तरी गोरखाबासीले सास्ती खेप्नु परेको चुमनुब्री गाउँपालिका ३ जगतका गणेश कार्कीले बताए । ‘यही सडक हुँदै चुमनुब्री गाउँपालिकाको बासिन्दा आवत जावत गर्नुपर्छ । यहाँ आइपुग्ने अर्का वैकल्पिक बाटो पनि छैन् ।

सडक बन्द भयो भने हामी त यहीँ थुनिन्छौँ’, उनले भने । सडक अवरुद्ध हुँदा विशेष गरी बिरामी र अत्यावश्यक काममा हिँडेकाहरु मर्कामा पर्ने गरेको उनले जानकारी दिए । गाउँपालिकाले यस वर्ष ‘पहिरो पन्छाउँदै, सडक संचालनमा ल्याउँदै’ गरेको स्थानीय गणेश कार्कीको भनाई छ । बेनिघाट आरुघाट लार्के सडकखण्डअन्तरगत ठाउँ ठाउँमा स(साना पहिरोहरु खसिरहेका हुन्छ । बर्खा याममा भने दिनहुँ जसो नै स–साना पहिरोहरु गैरहने जगतका अर्का स्थानिय विशाल घलेले बताए ।

‘पोहोर, परार त बर्खा लागेपछि गाडी चल्दैनथ्यो । यो वर्ष भने पालिकाले पहिरो पन्छ्याउँदै चलाएको छ’, उनले भने । यारुमा खसेको ढुङ्गा पनि एक्साभेटरको मद्दतले हटाएर सडक सुचारु गरिएको त्यहाँका वडाअध्यक्ष रामकुमार गुरुङले भने ।
‘बिहान ढुङ्गा खसेर बाटो बन्द भएको थियो । दिनभरी लाएर ढुङ्गा छाएपछि बाटो खुलिसक्यो’, उनले भने । चुमनुब्रीको एक्साभेटर लगाएर ढुङ्गा हटाएको गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्