
दरौंदीमा बेपत्ता भएका समशेर नेपाली अझै भेटिएनन्
दरौँदीले बगाएर बेपत्ता भएका अजिरकोटका एक मलामी तीनदिनसम्म भेटिएका छैनन । बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका अजिरकोट ४ झ्यावाँका ४० बर्षीय सम्शेर नेपाली अहिलेसम्म फेला नपरेका हुन् ।
गाउँका एक युवाको अन्त्यष्टि गर्ने क्रममा उनलाई दरौंदी नदीले बिहिबार एकबजेतिर बगाएको थियो । प्रहरी र स्थानीयबासीले खोजी गरिरहे पनि फेलापार्न नसकिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।




