| आइतवार, साउन २, २०८३

बिन्धवासिनी मावि परिसरमा वृक्षारोपण

गोरखा नगरपालिका –३ नारेश्वरस्थित बिन्धवासिनी मावि परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ गोरखाको आयोजनामा लायन्स वृक्षारोपण कार्यक्रम अन्तरगत शनिबार विद्यालय परिसरमा फलफूलका विरुवा रोपिएको हो ।

विभिन्न फलफूलका प्रजातिसहित ६० वटा विरुवा रोपिएको क्लबका अध्यक्ष शरदबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार अमला, पारिजात, कलकी, धुपीलगायतको विरुवाहरु रोपिएको छ ।

क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ओम बहादुर भट्ट, कार्यक्रम संयोजक गोविन्द गुरुङ, क्लबका सचिव दिपक श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्