| शनिबार, साउन १, २०८३

लागू औषध दुव्र्यसनी अन्त्यका लागि पहल गरौं

लागू औषध दुव्र्यसनीको बिषय जिल्लामा पछिल्लो समय पेचिलो बिषय बन्ने गरेको छ । युवादेखि बालबालिहरु यसको कुलतमा फस्ने गरेका छन् । भविष्य निर्माणको बेला लागू औषध दुव्र्यसनीमा फसेर आफ्नो जीवन नै बर्वाद गर्नेहरुको संख्या जिल्लामा पनि बढ्दो छ । यो निकै चिन्ताको बिषय हो । यसको रोकथाम तथा नियन्त्रण अति आवश्यक देखिन्छ ।

लागू औषध दुव्र्यसनीमा फस्नुको कारणमध्ये साथीसंगत एक हो भने अभिभावकको लापरवाही अर्काे हो । अभिभावकको उचित रेखदेख अभावमा युवाहरु लागू औषधको कुलतमा फस्ने गरेका कयौ उदाहरण छन् । आफ्नो बालबालिकाको संगत कस्तो छ, कहाँ जान्छन्, के गर्छन् भन्ने सामान्य कुराको समेत ख्याल नगर्दा समस्या निम्तिएको छ ।

यता लागू औषधको रुपमा प्रयोग हुने औषधीहरु चिकित्सकको सिफारिस विना बिक्री वितरण हुनुले पनि लागू औषध दुव्र्यसनी बढाउन थप मद्दत पु¥याइरहेको छ । सहज र सुलभ अवस्थामा ती औषधीहरुको बेचबिखन जस्ता गैर कानूनी कार्यमा पनि अंकुश लगाउनु आवश्यक छ । यसको नियमन र नियन्त्रण हुनु जरुरी छ ।

दुव्र्यसनी नियन्त्रणका लागि जिल्लामा थुप्रै अभियानहरु संचालन भएका पनि देखिन्छन् । तर अभियानले न निरन्तरता पाउँछ न यसको प्रभावकारी नै देखिएको छ । आफू अनुकुल केही संस्थाहरुले चलाउने यो अभियानले पनि सार्थकता पाउन सकेको छैन । लागू औषध नियन्त्रणका लागी प्रहरी प्रशासनको भूमिका पनि सक्रिय हुनु जरुरी छ ।

नियमनमा कडाई हुनुपर्छ । चेकजाँचमा कडाई गर्नुपर्छ । साथै बालबालिका देखि अभिभावकसम्म लक्षित सचेतना कार्यक्रमलाई ग्रामिण भेगसम्मको पहुँचमा पु¥याउनु अति आवश्यक देखिन्छ । अनि मात्र दुव्र्यसनीका घटनाहरुको संख्यामा कमी आउने छन् ।

प्रतिक्रिया दिनुहोस्