| शुक्रबार, असार २५, २०८३

नारेश्वरमा धार्मिक बृक्षारोपण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं ३ नारेश्वरको होलसिङमा धार्मिक बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शिव पाञ्चायन मन्दिर निर्माण अभियान मुल समितिको आयोजनामा उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

बिहीबार सम्पन्न कार्यक्रमअन्तरगत मन्दिर परिषर वरपर ६० वटा बिरुवाहरु लगाएको अभियानका सचिव विष्णुहरी अर्यालले बताए । रुद्राक्ष, वर, पिपल, कल्की फुल, बिरेन्द्र फुल लगायत धार्मिक वनस्पति लगाएको उनले जानकारी दिए । बृक्षारोपणका लागि आवश्यक बिरुवाहरु गँगटे सामुदायिक वन उपभोक्ता समितिको पहलमा डिभिजन वन कार्यालय गोरखाले उपलब्ध गराएको अर्यालको भनाई छ ।

शिव पाञ्चायन मन्दिर निर्माण अभियान मुल समितिका अध्यक्ष लेखप्रसाद अर्यालको अध्यक्षता एवं गोरखा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष चुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गँगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुनबहादुर बोगटी, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, स्थानिय महिला समुहको अध्यक्ष एवं प्रतिनिधिहरु लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्