| बिहिबार, असार १०, २०८३

रैथाने बाली उत्पादन र महत्व विषयक तालिम सम्पन्न

रैथाने बाली उत्पादन र महत्व विषयक एकदिने तालिम सम्पन्न भएको छ । गोर्खाली कोसेली घरको आयोजना गोरखा नगरपालिकाको आर्थिक सहयोग तालिम सम्पन्न भएको हो । तालिममा प्रविधिक सहयोग भने कृषि विकास कार्यालय गोरखाले गरेको आयोजकले जनाएको छ ।

तालिममा नगरपालिका भित्रका ४० जना कृषकको सहभागिता रहेको थियो । तालिमलाई कृषि विकास कार्यालयका प्रसार अधिकृत विवेक पौडेलले सहजीकरण गरेको थियो ।

कोसेली घरकी अध्यक्ष ज्ञानु अधिकारी अर्यालको अध्यक्षता तथा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममन चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष रामस्वरुप श्रेष्ठ, चेम्बरका संस्थापक अध्यक्ष भाईचन्द्र श्रेष्ठ तथा नेपाल ओमन चेम्बर गोरखाकाी अध्यक्ष पूर्ण कुमारी प्रधानलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्